काठमाडौं – व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सकिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुसन्धान गर्ने भएको छ।
उनीहरुमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा सीआईबीले अनुसन्धान गर्ने प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए। उनीहरू दुवै जना अहिले सीआईबी कै हिरासतमा रहेका छन्।
अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले सीआईबीको समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २२ गते पक्राउ गरेकाे थियाे।



About Us
प्रतिक्रिया