कास्की प्रहरीको स्वीप अप्रेसनबाट थप ६१ जना पक्राउ


काठमाडौं – कास्की प्रहरीले स्वीप अप्रेसनबाट थप ६१ जनलाई पक्राउ गरेको छ। प्रहरीले लागू औषध बिक्री वितरण गर्ने सेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुन्डाको रूपमा समाजमा धम्की दिने, गुण्डागर्दी गर्नेहरूलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरूले सञ्चालन गरेको स्वीप अप्रेसनमा १० गते साँझदेखि आज (११ गते) बिहान ६ बजेसम्ममा उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, १० गते पक्राउ परेका १२२ जना मध्ये ८ जनालाई लागू औषध सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ। साथै, २७ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ। 

यसैगरी, १५ जनालाई जिल्ला प्रशासन कार्यालय, कास्कीबाट जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार, ७० जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाई छाडेको र २ जनालाई होल्डमा राखिएको छ।