भारतबाट भन्सार छली ल्याइएको २ लाखको ११ थान मोबाइलसहित एक जना पक्राउ


काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका– ३ चिसापानी बजारबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका मोबाइलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मध्यप्रदेश घर भएका अजय सन्त राम जाधव रहेका छन्। 

जाधवको साथबाट २ लाख २० हजार बराबरको ११ थान मोबाइल  बरामद गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागी सत्ती भन्सार कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ।