बैंकिङ्ग कसुर मुद्दामा दुई वर्ष कैद फैसला भएका एक जना पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा दुई वर्ष कैद फैसला भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँकी मोनिका गुरुङ रहेकी छिन्। 

गुरुङलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।