बैंकिङ्ग कसुर मुद्दामा १ लाख ५० हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका दपेन देउला रहेका छन्। 

देउलामाथि दुई दिन कैद, १ लाख ५० हजार जरिवाना फैसला  भएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ।