जालसाजी र चेक अनादर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ 


काठमाडौं – जालसाजी र चेक अनादर मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका गोविन्द श्रेष्ठ र गोलकुमारी घले रहेका छन्। 

प्रहरीका अनुसार श्रेष्ठमाथि जालसाजी मुद्दामा ६ हजार २५० र  घलेमाथि चेक अनादर मुद्दामा १०० रुपैयाँ जरिवाना तोकिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई  पक्राउ गरी जरिवाना भुक्तानका लागि  सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ।