आगामी आर्थिक वर्षको बजेटबारे अर्थमन्त्रीसँग छलफलमा प्रधानमन्त्री बालेन


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल शुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ।

बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत छलफल हुनेछ।