काठमाडौं – सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक रुपमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ। गत शुक्रबार अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकाे छ।
अर्थ मन्त्रालयले एक पत्र जारी गर्दै यसअघि महिना मरेपछि मात्र तलब दिने ‘मासिक’ भुक्तानी प्रणालीलाई परिमार्जन गरी ‘अर्धमासिक’ रूपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्ने निर्णय गरेको हो।
अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अर्थमन्त्रालयको भनाइ छ।




About Us
प्रतिक्रिया