जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ, १ लाख ८९ हजार बरामद 


काठमाडौं – काठमाडौं महानगरपालिका– ३१ संगमचोकस्थित सिन्धुली घर भएका ४२ वर्षीय कृष्ण बहादुर थापाले संचालन गरेको थापा रेष्टुरेन्ट एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ७ जनालाई शुक्रवार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ८ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। 

यसैगरी,काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं मुलपानी बस्ने ओखलढुङ्गा घर भएका ४२ वर्षीय तिलक बहादुर तामाङ समेत ७ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ८ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।