काठमाडौं – सर्वोच्च अदालतले नेपाली काँग्रेसका नेतासमेत रहेका पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त भएका छन्। उनलाई सर्वोच्च अदालतको सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको हो।
खड्कालाई अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने आदेश दिएको छ। खड्कालाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत १५ मा पक्राउ गरेको थियो। उनलाई राजस्व छलीमा पनि थप अनुसन्धान गर्ने गरी चैत ३० मा सम्पत्ति शुद्धीकरण विभागले राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको थियो।
उनीमाथि राजश्व अनुसन्धान विभागले राजश्व चुहावट सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको विभागका सूचना अधिकारी आशिष अर्यालले जानकारी दिए। राजश्व विभागमा उनी माथि अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिसकेको उनले बताए। सम्बन्धी अनुसन्धान अधिकृतहरूले उनीमाथि अनुसन्धान गर्न सुरु गरेका छन्।
उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको थियो। जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा पैसा उडेकोएक भिडियो भाइरल भएको थियो। साथै, उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्।



About Us
प्रतिक्रिया