अनुचित लेनदेनका १५८ वटा उजुरी दर्ता, ५ करोड ६६ लाख बराबरको रकम मिलापत्र


काठमाडौं – काठमाडौं जिल्ला प्रहरी परिसरमा गत असोजदेखि चैतसम्ममा अनुचित लेनदेनका १५८ वटा उजुरी दर्ता भएका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै उक्त उजुरीहरू मध्ये ३९ जाहेरी दर्खास्त गरी अनुसन्धान गरिएको बताएको छ। 

परिसरले १५८ वटा उजुरी मध्येमा १९ वटा मुद्दा मिलापत्र गरेको छ भने १०० वटा मुद्दाहरू फर्छ्यौट हुन बाँकी रहेका छन्। साथै, अनुचित लेनदेनमा ७ जनालाई पक्राउ गरिएको बताइएको छ।

यसअवधिमा ५ करोड ६६ लाख बराबरको रकम मिलापत्र गरिएको जनाइएको छ। १६ करोड बराबरको चेक फिर्ता गरिएको छ।