काठमाडौंमा साइबर ठगीका १३ सय ३० वटा उजुरी दर्ता 


काठमाडौं – गत असोजदेखि चैत्रसम्म साइबर ठगीका १३ सय ३० वटा उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै अनलाईन सपिङ्ग फ्रडका घटना सबैभन्दा धेरै रहेकाे जानकारी दिएकाे छ।

यसका अतिरिक्त ओटिपी मार्फत भएका ठगीका उजुरी दोस्रो स्थानमा रहेको छ। हाल फेसबुक लगायतका सामाजिक सञ्जाल बुस्ट गरी दिने भन्दे गर्ने ठगीका उजुरीहरू पर्नेक्रम बढेकाे पनि परिसरले जनाएकाे छ।

प्रहरीमा परेका सबै साइबर अपराधका घटनाका अनुसन्धान सफल भएका छैनन्। एक ठाउँमा बसेर अर्को स्थानमा ठगी गरिने भएकाले गर्दा यस्ता घटनामा प्रहरीको अनुसन्धान कमजोर पर्ने गरेको प्रहरीले जनाएकाे छ।