काठमाडौं परिसरमा हुन्डीका ६ वटा मुद्दा दर्ता 


काठमाडौं – असोजदेखि चैत्रसम्ममा काठमाडौंमा हुन्डी ६ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रकार सम्मेलन गर्दै हुन्डी अन्तर्गत १० जना कसुरदार पक्राउ परेको जानकारी दिएकाे छ। जसमा २ करोड ६३ लाख बराबरको रकमको अनुसन्धान भइरहेको छ।

यस्तै, साे अवधिमा सम्पत्ति शुद्धीकरणमा चार वटा मुद्दा दर्ता भएका छन्। सम्पत्ति शुद्धीकरणमा २९ करोड रकममा ४ जना अभियुक्तमाथि अनुसन्धान भइरहेको छ। 

साथै, काठमाडौंमा अहिले सबैभन्दा बढी बैंकिङ्ग कसुरका उजुरी दर्ता हुने गरेका छन्। त्यसपछि अभद्र व्यवहार, चोरी, सवारी ज्यान लगायतका मुद्दाले प्रहरीमा पर्ने सबै मुद्दाको ८५ प्रतिशत क्षेत्र ओगटेको छ।