२१ थान नक्कली नोटसहित चार जना प्रहरीको फन्दामा 


काठमाडौं – नेपाली नक्कली नोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुका  विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व)का  सुजन खनाल भन्ने मुक्ति प्रसाद खनाल, सिन्धुपाल्चोकका रोल बहादुर श्रेष्ठ र काठमाडौंका दीपेन्द्र थापा रहेका छन्। 

रुपन्देहीका विभिन्न स्थानहरूमा समेत नेपाली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूलाई १ हजार दरका नेपाली नक्कली नोट २१ थानसहित पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।