काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न मालपोत कार्यालयमा सेवाग्राहीहरूलाई काम छिटो र छरितो गरिदिन्छु भनी प्रलोभनमा पारी दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने १८ जना पक्राउ परेका छन्।
मालपोत कार्यालय कलङ्की, मालपोत कार्यालय चाबहिल तथा कम्पनी रजिष्ट्रर कार्यालय, त्रिपुरेश्वरमा उनीहरूले सेवाग्राहीहरूलाई काम छिटो र छरितो गरिदिन्छु भन्दै दुःख हैरानी दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतले स्वीप अपरेसन गरी नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।



About Us
प्रतिक्रिया