काठमाडौं – चालू वर्षको ९ महिनाको अवधिमा ४ अर्ब ९ करोड ८७ लाख ३६ हजार रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ। साउनदेखि चैत महिनासम्मको अवधिमा ४ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको हो।
उद्योग विभागका अनुसार ६१५ लगानीकर्ताले उद्योग स्थापनाका लागि सो रकम बराबरको लगानी प्रतिबद्धता भित्रिएको हो। यस्तै, चैत महिनामा भने ६६ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी अनुमति भित्रिएको छ। यस अवधिमा ६१ वटा उद्योगमा सो लगानी प्रतिबद्धता भित्रिएको हो।
यस अवधिमा विदेशी लगानीकर्ताले नेपालबाट लाभांशबापत ४ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ लगेका छन्। यो साउनदेखि चैत महिनासम्मको हो। यस्तै, चैत महिनामा मात्रै विदेशी लगानीकर्ताले २१ करोड ४८ लाख रुपैयाँ लाभांशबापत विदेश लगेका थिए।
गत वर्षको तुलनामा नेपालबाट विदेश लगेको रकम उल्लेख्यरुपमा बढेको छ। तथ्यांकअनुसार गत वर्ष १ अर्ब ७२ करोड रुपैयाँ लाभांशबापत विदेश गएको थियो। जुन यो वर्ष उल्लेख्य मात्रामा बढेको हो।



About Us
प्रतिक्रिया