आर्थिक अपराधमा फरार १० जना  फरार प्रतिवादी प्रहरीको फन्दामा, २ जना बैंकिङ्ग कसुरका

६ लाख ५ हजार जरिवाना


काठमाडौं – कास्की जिल्ला अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका  १० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार चेक अनादर कसुरमा ५ जना, बैंकिङ्ग कसुरमा २ जना, चोरी सम्बन्धी कसुरमा २ जना, विद्युतीय कारोबार तथा आपराधिक लाभ कसुरमा १ जना पक्राउ परेका छन्। 

उनीहरूलाई पक्राउ गरी  ७ महिना ४ दिन कैद सजाय र ६ लाख ५ हजार जरिवाना असुल उपर हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।