काठमाडौं – ललितपुरको ललितपुर महानगरपालिका–४ वाग्डोल स्थित राजेश खनालको घरबाट ७९ लाख १२ हजार बराबरको सुन चाँदीका गर–गहना चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका अमन देउला र भारतको पश्चिम बंगाल घर भएका स्वपन चक्रवती रहेका छन्।
प्रारम्भिक अनुसन्धानको क्रममा विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट ५ दिन को म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले सुनको औँठी, गणेशको लकेट र चाँदीको पाउँजु बरामद गरेको छ।



About Us
प्रतिक्रिया