सम्पत्ति शुद्धीकरण

काँग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश


काठमाडौं – नेपाली काँग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्ति सिंह थापाको इजलासले उनलाई थुनामै राख्ने आदेश दिएको हो।

यससँगै खड्काको थुनाबारेको कानुनी प्रक्रिया अदालतमा अघि बढ्ने भएको छ। खड्कामाथि पछिल्लो समय राजस्व अनुसन्धान विभागबाट अनुसन्धान चलिरहेको छ।