ठगी सम्बन्धी कसुरमा ६६ लाख ९० हजार बिगो तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं – ठगी सम्बन्धी कसुर मुद्दामा ६६ लाख ९० हजार बिगो तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने पाँचथर घर भएका ४२ वर्षीय राम प्रसाद योङहाङ रहेका छन्। 

ठगी सम्बन्धी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–८ टिकाथलीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।