सेयर धितोमा एकल ग्राहक कर्जा सीमा हटाउने राष्ट्र बैंकको संकेत 

सेयर धितोमा एकल ग्राहक कर्जा सीमा हटाउने राष्ट्र बैंकको संकेत 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 

आगामी साता हुने राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सेयर धितो कर्जामा कायम एकल ग्राहक कर्जा सीमा पुनरावलोकन तथा हेरफेर गर्ने सम्भावना रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । 

स्रोतका अनुसार, ‘अहिलेसम्म गभर्नर महाप्रसाद अधिकारीले नै यो कर्जामा अडान लिइरहेका हुन्। तर, बजारमा धेरै दबाव बढिरहेको छ । सायत अर्थसचिव पनि राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । सायद नयाँ अर्थसचिवले पनि यस्को सिमामा पुनारवलोकन गर्ने पक्षमा रहेको देखिन्छ ।’ 

लगातार घटिरहेको शेयर बजार र तिब्र दाबाव सिर्जना भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सेयर धितोमा एकल ग्राहक कर्जा सीमा कम्तीमा २० करोड बनाउनुपर्ने बताएका थिए। धेरैजसो गभर्नर र अर्थमन्त्रीबीच भेटवार्ता हुँदा गभर्नर अधिकारीले पनि यो सीमा राख्ने विषयमा समेत सोच बनाएको बताइएको छ । 

राष्ट्र बैंकले २०७८/७९ को मौद्रिक नीतिमा सेयर धितोमा एकल ग्राहक कर्जा सीमाको व्यवस्था ल्याएको थियो। पहिलोपटक कुनै एउटै समूह वा एकाघर भित्रका सदस्यले एउटा बैंकबाट अधिकतम ४ करोड र समग्र बैंकिङ प्रणालीबाट १२ करोडसम्म सेयर धितोमा कर्जा लिन सक्ने व्यवस्था गरेको थियो। 

तर, आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमै राष्ट्र बैंक एक कदमपछि हट्दै ४ करोडको सीमा नै हटायो र १२ करोडको सीमा मात्र कायम राख्यो। यही कारण कम रकमको सेयर धितो कर्जा जाने क्रम बढ्यो भने धेरै रकमको सेयर धितो कर्जा जान कम भयो। यसले आम लगानीकर्तालाई सहज र फाइदा पुग्यो । 

तथ्यांक अनुसार आर्थिक वर्ष २०७७र७८ मा एक करोड माथि रकमको कर्जा लिनेले ७३ अर्ब ५३ करोड ५० लाख र एक करोडभन्दा कम रकमको कर्जा लिनेले ३२ अर्ब ७४ करोड कर्जा लिएको देखिन्छ । यस्तै  आर्थिक वर्ष २०७८र७९ मा भने एक करोड माथिको यस्तो कर्जा ४६ अर्ब ५७ करोडमा सीमित भयो। त्यस्तै, एक करोडभन्दा कम रकमको कर्जा ३३ अर्ब ९३ करोड रूपैयाँ पुग्यो।