पनौतीबाट १८ जना जुवाडे पक्राउ, १ लाख २२ हजार बरामद


काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थाका विभिन्न स्थानबाट १८ जना  जुवाडे लाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–९ नौबिसेफाटस्थित सुदर्शन पौडेलले सञ्चालन गरेको फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय प्रकाश सापकोटा समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय ४५ रुपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो । 

त्यस्तै, कञ्चनपुरको  शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बिर बहादुर बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय सुरेन्द्र विष्ट समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।