काठमाडौं – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घाइते र सहिद परिवारलाई राहत तथा सहयोग गर्न भन्दै विभिन्न समूहले रकम उठाउन थालेपछि सरकारले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । स्वदेश तथा विदेशमा रहेका विभिन्न समूहले घाइते र सहिद परिवारलाई सहयोगका नाममा जथाभाबी रकम नदिन अर्थ मन्त्रालयले अपिल गरेको हो ।
एक सूचना जारी गर्दै विभिन्न गैर सरकारी संस्था र समूहले उठाउने रकम अपादर्शीरुपमा खर्च हुने भएकाले त्यसरी उठाइएको कोषमा रकम नदिन मन्त्रालयले आग्रह गरेको छ ।
नेपाल सरकारले जेनजी आन्दोलनमा भएका घाइते र सहिदलाई राहत तथा उपचार गर्न र क्षतिग्रस्त भौतिक पूर्वाधार बनाउन कोष खडा गरेकाले त्यसमा नै योगदान गर्न समेत मन्त्रालयले सूचनामार्फत सर्वसाधारणमा अपिल गरेको छ ।
सरकारले भौतिक पूर्वाधार निर्माण कोष स्थापना गरेकाले यसमा नै योगदान गर्न मन्त्रालयले भनेको हो ।





About Us
प्रतिक्रिया