काठमाडौं – जेनजी आन्दोलनका क्रममा भीडले गरेको आगजनी र तोडफोडबाट देशभर कति क्षति भएको भन्ने तथ्यांक यकिन छैन । तर, सुरक्षा दिने उद्देश्यले खटिएका प्रहरी प्रशासनले भने ठुलो क्षति व्यहोरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरका प्रहरी प्रशासनलाई तहस–नहस भएका छन् । २३ गते भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि प्रदर्शनकारीहरूको भीडको तारो बन्न पुगेको थियो, नेपाल प्रहरी ।
आन्दोलनका कारण अहिले प्रहरीसँग न त भवन, न सवारी साधन, न सञ्चार उपकरण, न पोसाक, न त हातहतियार नै बाँकी छ।
२४ भदौमा प्रहरी लक्षित आक्रमण गर्दा उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा आगजनी र तोडफोड भयो । प्रहरीको कार्यालय भवनसँगै प्रहरीको मनोबल पनि जेनजी आन्दोलनका क्रममा अराजक भीडले लगाएको आगोसँगै जल्यो । आन्दोलनका कारण अहिले प्रहरीसँग न त भवन, न सवारी साधन, न सञ्चार उपकरण, न पोसाक, न त हातहतियार नै बाँकी छ। तर, पनि मनोबल उच्च राखेर जलेका भवनमा नै फेरी मर्मत सम्भार गरेर गर्नु भन्दा अन्य कुनै विकल्प नभएका प्रहरी अधिकारीहरू बताउँछन् ।
उपत्यकामा मालीगाउँबाहेक डिएसपी कमाण्डका सबै वृत्त लुटिए
यस आन्दोलन पछि देशभरि कै प्रहरीको अवस्था उस्तै छ । काठमाडौं उपत्यकामा मात्रै डीएसपीले कमाण्ड गर्ने १८ वटा वृत्तमध्ये एउटा मालीगाउँ वृत्त मात्रै सग्लो छ । बाँकी सबै वृत्तको अवस्था दर्दनाक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । भवनहरू खरानीमा परिणत भएका छन् । भवनभित्र रहेका उजुरीका चाङहरू जलेर खरानी भएका छन् ।
प्रदर्शनकारीको लक्षितमध्येको एक निकाय नेपाल प्रहरी पनि भएकाले २४ भदौमा नेपाल प्रहरी लक्षित आक्रमण हुँदा उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको थियो । यति मात्रै नभएर प्रहरीले आफ्ना प्रहरी साथीहरू नै गुमाएका छन् ।
साथै, प्रहरीका ‘वकीटकी’, उजुरीका फाइलहरू, कैदीको अभिलेख र उजुरीसम्बन्धी कागजातहरूसमेत जलेर नष्ट भएका छन् । जसले गर्दा आवश्यक अनुसन्धान र गिरफ्तारी कार्य प्रभावित बनेको छ । प्रहरीको प्रायः सबै सवारी साधन जलेर नष्ट भएका छन्। घटना घटीहालेमा पनि घटनास्थलसम्म जान हम्मे हम्मे पर्ने अवस्था सिर्जना भएको छ । प्रदर्शनकारीको लक्षितमध्येको एक निकाय नेपाल प्रहरी पनि भएकाले २४ भदौमा नेपाल प्रहरी लक्षित आक्रमण हुँदा उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको थियो । यति मात्रै नभएर प्रहरीले आफ्ना प्रहरी साथीहरू नै गुमाएका छन् ।
मनोबल बढाउने प्रयासमा उच्च दर्जाका प्रहरी
यस्तो कठिन अवस्थामा पनि प्रहरीको मनोबल उच्च राख्दै नागरिक सुरक्षा जिम्मेवारी पुरा गर्ने प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले आग्रह गरेका छन् । प्रहरीहरूमा उच्च मनोबलका साथ कार्य क्षेत्रमा फर्कनुको बाहेकका अन्य कुनै उपाय नै छैन ।
धेरैजसो अधिकृतहरू ड्युटीमा फर्केका छन् । तर अझै पनि केही प्रहरी अधिकृतहरूको मनोबल कमजोर पारिएकाले गर्दा ड्युटीमा फर्किन सकेका छैनन् । सडकका ट्राफिक प्रहरीहरूविना औपचारिक पोसाक ‘साझा पोसाक’ मा खटिएका छन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले समेत यस विषम घडीमा जस्तो अवस्थामा भएपनि आफ्नो काममा फर्कन आदेश दिएका छन् । प्रमुख कार्कीले उपत्यकाका तीनै जिल्लाका सम्पूर्ण प्रहरी अधिकृतहरूलाई आ–आफ्नो ड्युटीमा फर्किन निर्देशन दिएपछि प्रहरीहरू बिना पोसाक नै कामका खटिएका देखिएका छन् ।
बर्दीविनै ड्युटीमा खटिए प्रहरी
त्यसकारण प्रहरी कर्मचारीहरू आइतबारबाट आफूसँग बाँकी भएको प्रहरीको पोसाकमा र पोसाक नभएका प्रहरीहरू बिना पोसाक नै कामका खटिएका देखिएका छन् । पोसाक भएका प्रहरीहरूको पनि कसैको टोपी नै छैन, कसैको सिठी नै छैन, तर पनि उनीहरू काममा फकिएर काम गर्न नै सुरु गरिसकेका छन् ।
धेरैजसो अधिकृतहरू ड्युटीमा फर्केका छन् । तर, अझै पनि केही प्रहरी अधिकृतहरूको मनोबल कमजोर पारिएकाले गर्दा ड्युटीमा फर्किन सकेका छैनन् । सडकका ट्राफिक प्रहरीहरूविना औपचारिक पोसाक ‘साझा पोसाक’ मा खटिएका छन् ।
प्रमाण जुटाउँदै कारबाहीको तयारी
२३ र २४ गतेको जनजी आन्दोलनमा प्रहरी पोसाक, हातहतियार र अन्य उपकरणहरू लुटिएका थिए । जसलाई प्रयोग गरेर केही अराजक समूहहरूले सामाजिक सञ्जालमा प्रहरीको मजाक बनाउने कार्यसमेत गरेका थिए । महानिरीक्षक खापुङले यस्तो कार्यमा संलग्नहरूलाई ‘अपराधी’ ठहर गर्दै आवश्यक कानुनी कारबाही अघि बढाइने स्पष्ट पारेका छन् । विगतमा विभिन्न कालखण्डमा सुरक्षाकर्मीहरूले देखाएको कर्तव्यलाई कायम राख्दै अहिलेको यो विषम अवस्थामा पनि उच्च मनोबलका साथ कर्तव्य पालन गर्ने उनले आग्रह गरेका छन्।
अराजक भीडको कर्तुत
अराजक समूहको घेरामा परेर प्रहरी जवानहरूको मृत्यु समेत भएको थियो । महाराजगन्ज वृत्तमा कार्यरत प्रहरी जवान उत्तम थापा र अन्य दुई जना प्रहरीले ज्यान गुमाएका थिए । उनीहरूलाई कुटपिट गरेर उनीहरूको साथमा भएको हातहतियार अराजक समूहले नियन्त्रणमा लिएको थियो । सोही हातहतियारहरू प्रहरीहरू तर्फ नै सोझ्याएर बर्दी उर्तान लगाइ प्रहरीको सो बर्दी लगाएर सडकमा प्रहरी अधिकृतहरूलाई उभाएर अनैतिक क्रियाकलाप गरेका थिए ।
तर, यस्तोसम्म अत्याचार खेपेका प्रहरीहरूलाई फेरी सर्वसाधारणको सुरक्षाका लागि खटिनु पर्ने अवस्था छ । यति धेरै अत्याचार खेपेका प्रहरी अधिकृतहरूमा अहिले उच्च मनोबलको आवश्यकता रहेको छ । त्यसैले गर्दा कतिपय प्रहरी पुनः काममा फर्किएका छन् ।
यति मात्रै नभएर उनीहरूले प्रहरीलाई बागमती कोरिडोरबाट दौडाउँदै नदीमा खसालेका थिए । ज्यान जोगाउन खोलाखोलै भाग्दै गरेका प्रहरीमाथि भिडले ताकिताकी ढुङ्गा प्रहार गरेका थियो । प्रहरीलाई दिएको उक्त अत्याचार माथि कतिपयले ताली पिट्दै हेरेर बसे । त्यस आन्दोलनका क्रममा केही किशोरहरूले ट्राफिक प्रहरीको सिट्ठी फुकेका थिए, भने केहीले लुटेका बर्दी लगाएर ट्राफिक प्रहरीको नाटक गरिरहेका थिए । कोही त प्रहरीको कार्यकक्षमा बस्दै खुट्टा टेबलमा राखेर प्रहरी संस्थाकै अपमानमा समेत जुटेका थिए ।
तर, यस्तोसम्म अत्याचार खेपेका प्रहरीहरूलाई फेरी सर्वसाधारणको सुरक्षाका लागि खटिनु पर्ने अवस्था छ । यति धेरै अत्याचार खेपेका प्रहरी अधिकृतहरूमा अहिले उच्च मनोबलको आवश्यकता रहेको छ । त्यसैले गर्दा कतिपय प्रहरी पुनः काममा फर्किएका छन् ।
क्षतिको आँकडा खोज्दै प्रहरी
देशभरका ७७ वटै जिल्लाका प्रहरी कार्यालयहरूका प्रहरी अधिकृतहरूको अवस्था यस्तै दर्दनाक छ । आन्दोलन भएको ९ दिन बितिसक्दा पनि अझैँ केन्द्रीय प्रहरी कार्यालयले देशभर कहाँ कति वटा प्रहरी कार्यालयमा कति क्षति भयो भने तथ्याङ्क प्राप्त गरिसकेको प्रहरी प्रवक्ता विनोद घिमिरे बताउँछन् । ‘काठमाडौं उपत्यकाले आफ्नो क्षेत्रमा कति क्षति भयो हेरी रहेको छ,’ उनले भने,‘ केन्द्रीय कार्यालयले टिम बनाएर काम गरी रहेको छ, सबै विवरण आइसकेका छैनन् ।’
यस्तो दर्दनाक अवस्थामा प्रहरी प्रशासनलाई फेरि स्थापित गर्न जनताको सहयोग अपरिहार्य भएको भन्दै महानिरीक्षक खापुङले सर्वसाधारणसँग सहकार्य र सहयोगको अपिल गरेका छन् । यद्यपि अवस्था जटिल छ, प्रहरीको कर्तव्य भने अझै अडिग रहेको स्पष्ट संकेत उनले दिएका छन् । अबको चुनौती भनेको प्रहरी प्रशासनको पुनः निर्माण, जनविश्वासको पुनः स्थापना र शान्ति सुरक्षाको मजबुत व्यवस्थापन गर्नु रहेको छ ।
जेनजी प्रदर्शनको असरले लगाइएको कर्फ्यु तथा निषेधाज्ञा पनि शनिबारबाट खुलिसकेको छ । त्यसपछि, सबै निकायका व्यक्तिहरू आफ्नो काममा फर्किए । जसकारणले गर्दा आइतबार ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । प्रहरी कार्यालयमा लगाएको आगजनीमा परेर कतिपय प्रहरी बर्दी नै जलेको छ । प्रहरीका लुटिएका हतियारमध्ये शनिबारसम्ममा नेपाली सेनाले मात्रै २६८ थान बरामद गरेको थियो । साथै, आइतबार काभ्रे प्रहरीले ७३० राउण्ड गोलीसहित ८ जनालाई पक्राउ गरेको थियो ।
यद्यपि अवस्था जटिल छ, प्रहरीको कर्तव्य भने अझै अडिग रहेको स्पष्ट संकेत उनले दिएका छन् । अबको चुनौती भनेको प्रहरी प्रशासनको पुनः निर्माण, जनविश्वासको पुनः स्थापना र शान्ति सुरक्षाको मजबुत व्यवस्थापन गर्नु रहेको छ ।
उपत्यकामा सुरक्षा सुदृढीकरण गर्न प्रहरीले सेक्टर बनाएर सुरक्षा सुदृढीकरणको प्रयास गरेको छ । काठमाडौं उपत्यकालाई ८ वटा सेक्टरमा विभाजन गरेर त्यहाँ छुट्टाछुट्टै कमान्डर पठाइएको छ । काठमाडौं उपत्यकामा प्रत्येक सेक्टरको नेतृत्व एसपीहरूले गरेका छन् । एसपीहरू दिपक श्रेष्ठ, पवन भट्टराई, कवित कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डिबी मल्ल, केशव भट्टराई र बालनसिंह राणालाई उपत्यकाको सुरक्षा सुदृढीकरणमा समन्वय गर्ने गरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
यस्तो विषय परिस्थितमा पनि काठमाडौं उपत्यकाभित्रका सबै प्रहरी वृत्तबाट सेवा सुरु शुक्रबारबाटै गरिएको थियो । सम्पर्क विच्छेद भएका सबै प्रहरी कर्मचारी सम्पर्कमा आए लगत्तै वृत्तबाट सेवा सुरु गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंमातहतका बौद्ध, दरबारमार्ग, स्वयम्भू, बालाजु, महाराजगन्ज, कालीमाटी, गौशाला पूर्ण रूपमा ध्वस्त छन् । भक्तपुर र ललितपुर मातहतका वृत्त पनि पूर्ण रूपमा जलेका छन् । तर, सोही जलेको कार्यालयलाई सफा गर्दै प्रहरीहरूले आफ्नो काम सुरु गरेका छन् ।





About Us
प्रतिक्रिया