प्रभु बैंकको सिईओ नियुक्तिविरुद्ध परेको रिट अदालतले गरिदियो खारेज

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकका सिइओ अशोक शेरचन विरुद्ध परेको रिट आज उच्च अदालत पाटनले खारेज गरिदिएको छ । अधिवक्ता अनिता थापा केसीले गत शुक्रबार यस्तो मुद्दा दायर गरेकि हुन् । आज अन्तिम सुनुवाई हुँदा उच्च अदालत पाटनले उक्त रिट खारेज गरिदिएको हो । 

प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) को प्रावधान विपरित रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो । अधिवक्ता अनिता थापा केसीले गत शुक्रबार यस्तो मुद्दा दायर गरेकी थिइन । 

नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र प्रभु बैंकका सञ्चालकहरु समेतलाई विपक्षी बनाई दायर भएको मुद्दामा आइतबार पेसी तोकिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिँदै माघ २० गतेका लागि पेसी तोकेको  थियो ।

अशोक शेरचनको पक्षमा  शम्भु थापाले र विपक्षमा मधु चौलागाई र अनिता थापा केसीले बहस गरेका थिए ।