सिटिजन्स बैंकको सीईओमा पुनः पोखरेल

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) मा गणेशराज पोखरेल नियुक्त भएका छन् ।

बैंकको माघ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । पोखरेलले स्थापनाकाल देखिनै बैंकसँग आवद्ध भई विभिन्न पदमा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनी २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका छन् ।

सिटिजन्स बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटिएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माइक्रोफाइनान्स इकाईबाट सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेको छ ।