विदेशी लगानीमा कठोर बन्यो राष्ट्र बैंक, तोकिएको व्यवस्थाविपरित लगानी गरे कारबाही 

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा लगानी नगर्ने आग्रह गरेको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्ने प्रतिबन्धित गरेको र सोही ऐनको ९ ग ले तोकिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनैपनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको हो । राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा लगानी हुनेगरी कुनैपनि कार्य नगर्न अनुरोध गरेको हो । 

राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा लगायतका पुँजीगत प्रकृतिका कारोबार गरे कारबाही गर्नेसमेत जानकारी गराएको छ । 

त्यस्तै केन्द्रीय बैंकले लगानी सम्बन्धी प्रचारप्रसार नगर्न समेत आग्रह गरेको छ । त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 

\"\"