विकास बैंकहरुको ब्याजदर घट्यो, फाइनान्स कम्पनीको पनि घट्ने 

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

विकास बैंक र फाइनान्सहरुले पनि माघदेखि ब्याजदर घटाउने भएका छन्। विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको  छाता संगठन डेभलपमेन्ट बैंकर्स संको बैठकले माघदेखि लागु हुने गरि ब्याजदर घटाउने निर्णय गरेको हो। 

संघका अध्यक्ष प्रध्युमन पोखरेलले व्यक्तिगत मुद्दति निक्षेपमा हालको ब्याजदर १२.८५ प्रतिशत रहेकोमा त्यसलाई १२ प्रतिशत कायम गरिएको जानकारी दिए । निर्णय अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.८५ बाट १२ प्रतिशत र  संस्थागत तर्फ १०.८५ कायम रहेकोमा व्यक्तिगत मुद्दति निक्षेपको तुलनामा दुई बिन्दु कम हुने  बताइएको छ । 
त्यस्तै फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन्। 

बुधबार नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंकर्स संघले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटाएर ११ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।