बैंकर्स संघको अध्यक्ष भएसँगै सुनिल केसीको बोल्ड निर्णयः घट्यो बैंकहरुको ब्याजदर 

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल बैंकर्स संघका नव नियुक्त अध्यक्ष एवंम एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्नो कार्यकालको पहिलो बैठकमै बोल्ड निर्णय लिएका छन । उनले माघ महिनाको लागि १.१३ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेका हुन । संघको आज सम्पन्न विशेष साधारणसभाबाट सुनिल केसी सर्वसम्मत संघको अध्यक्ष पनि चयन भएका हुन् । यसअघि उनी बैंकर्स संघको उपाध्यक्ष थिए । 

सोही निर्णय अनुसार अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतभन्दा संस्थागत मुद्दती खातामा २ प्रतिशत बिन्दु कम ब्याजदर दिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।