बैंकिङ्ग समाचार, महोत्तरी ।
महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई बैंकबाट ७० लाख रुपैयाँ किर्ते गरी झिकेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट ७० लाख रुपैयाँ किर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट बिहान पक्राउ गरेको हो ।
महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको ७० लाख रुपैयाँ मौज्दात भएको खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी खाताबाट सो रकम झिकेको आरोपमा महन्थलाई पक्राउ गरिएको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष पोखरेलले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार महन्थलाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाइएको छ ।



About Us
प्रतिक्रिया