गभर्नरले बैंकका सिइओहरुलाई भनेः हामीले जे निर्देशन दिन्छौँ, त्यसको हुवहु पालना गर्नुहोस 

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सच्चिएर काम गर्न निर्देशन दिएका छन । वाणिज्य बैंक सुपरभिजन विभागले त्रैमासिक रुपमा आयोजना गर्ने छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकले दिएको निर्देशन जसरी भएपनि पालना गर्न निर्देशन दिएका हुन । अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको भन्दै रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने र आयात रोक्दा राजस्वमा परेको असरबारे उल्लेख गर्दै बैंकहरुलाई आफुहरुले दिएको निर्देशन हुवहु पालना गर्न भनेका हुन । 

मंगलबार साँझ आयोजना गरेको ‘प्रमुख कार्यकारी अधिकृतहरुसँग समसामयिक विषयमा अन्तरकृया’ कार्यक्रममा गभर्नर अधिकारीले २६ वटै बैंकका सीइओहरुलाई राष्ट्र बैंकले अर्थतन्त्रलाई जोगाउन केही अप्रिय निर्णयहरु भएपनि सबैले पालना गर्नुपर्ने बताएका हुन । छलफलमा सहभागि एक वाणिज्य बैंकका सिइओले गर्भनरको भनाईलाई उदृत गर्दै भने, ‘चुनौतीहरुका बीचमा काम गर्दा गाह्रो हुन्छ नै । हामीले जस्ता निर्देशनहरु ल्याएका छौँ त्यसले निजी क्षेत्रलाई अफ्ठ्रो पर्यो भनेर होइन समस्टिगत आर्थिक स्थायीत्वको लागि हो । त्यसलै यस्ता नियमहरुको सबैले पालना गरौं ।’ 

डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंकहरुले सधैं नयाँ कुराहरु ल्याउँदै सबैलाई भुक्याउने काम नगर्न आग्रह गर्दै त्यस्तो काम निर्देशन दिए । छलफलमा गभर्नर, दुबै डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु डा.गुणाकर भट्ट, रामु पौडेल, गुरु पौडेलको पनि उपस्थिति रहेको थियो ।