काठमाडौं – वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंका कैलाश खड्का, भक्तपुरका रविन्द्र केसी, गोरखाका प्रविण तिवारी र सर्लाहीका रामपुकार तिवारी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक म्याक्रोटेक प्रालिको नाममा ‘बायो–मेडिकल सेवा शुल्क (स्वास्थ्य परीक्षण ’ उल्लेख गरी अतिरिक्त रकम असुल्ने गरेको आरोप छ।
स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क संकलन गरी श्रमिकलाई आर्थिक हानि पुर्याएको र प्रतिवादीहरूले आर्थिक लाभ लिएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त कार्य ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा पर्ने प्रहरीको भनाइ छ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया