तरलता अभाव र ब्याजदर स्थायीत्वको समस्या आइरहेको छ, समाधानका प्रयासहरु भइरहेका छनः गर्भनर अधिकारी 

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
गभर्नर महाप्रसाद अधिकारीले अहिले बजारमा तरलता अभाव भइरहेको र त्यसका समाधानका प्रयासहरु भइरहेको बताएका छन । शुक्रबार इन्स्टिट्युट फर इन्टिग्रटेड डेपलपभेन्ट स्टडिजले आफ्नो ४४ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। 

उनले भने, ‘नेपालको वित्तिय क्षेत्रमा यतिबेला छोटो अवधीको तरलता अभाव, वित्तिय स्रोतहरुको अभाव र ब्याजदर स्थायीत्वको समस्या छ । यो नेपालको मात्रै नभई विश्वकै साझा समस्या हो । एसेट्स क्वालीटी, क्यापिटल एडेक्वेसीको जोखिम र वित्तिय पहुँच अभाव जस्ता समस्या हाम्रो अर्थतन्त्रमा पनि छन् । यस्ता समस्याहरु चाँडै समाधान हुनेमा हामी विश्वस्त छौं ।’ 

अहिले निर्माण क्षेत्रका केही उद्योगमा अलिक समस्या र यसमा आफुहरुले पनि कारोबार भुक्तानी प्रणालीका सूचकहरू हेरेको बताउँदै उनले भने, ‘साना व्यवसायीहरूलाई समेत प्रभाव नपरोस भनेर हामीले एक करोडभन्दा कमको ऋणमा बैैंकहरूको आधारदर भन्दा दुई प्रतिशतसम्म मात्र ब्याज लिन पाउने व्यवस्था गरेका छौं। यसले १० प्रतिशत आधार दर पुग्दा पनि  साना व्यवसायीहरूले १२ प्रतिशत  ब्याजदरमै कर्जा पाउने अवस्था रहेको छ ।’