लगातार छैटौँ कारोबारको दिन पनि बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ७० करोड


काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.५६ अंकले बढेर बजार २६ सय २५ दशमलव ८२ को बिन्दुमा बन्द भएको छ। बजार बढेसँगै कारोबार रकम समेत बढेर ४ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ३६ लाख १० हजार कित्ता शेयर किनबेच भएको छ।

आज १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी कुमारी बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २३ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, अपि पावर कम्पनीको २२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी बेनी हाइड्रोपावर प्रजेक्टका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, एभरेष्ट कलरका लगानीकर्ताले ७.४८ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन्।