बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि भएको मतदानमा आफ्नो मत दिएका छन ।
उनले आज बिहान रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनी मंसिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका लागि रुकुम पश्चिमबाट वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । उनी २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट विजयी भएर विरासत खडा गरेका छन् ।
प्रतिक्रिया