शेखर गोल्छाले सीतापाइलाबाट गरे मतदान, समृद्धि र सुशासनको पक्षमा भोट दिन आग्रह 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् ।उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि. स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । उनले देशमा समृद्धि ल्याउनसक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताए । अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानूनी जिम्मेवारी भएकाले सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गरे ।