बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८३ प्रतिशत घटेको छ । गत आवमा रू. २० करोड १९ लाख नाफा कमाएकोमा कम्पनीको नाफा चालू आवको सोही अवधिमा रू. ३ करोड २५ लाखमा झरेको छ ।
चालू आवमा कम्पनीको सञ्चालन नाफामा कमी आएसँगै खुद नाफा घटेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. २८ करोड ८४ लाख रहेकोमा चालू आवमा रू. ४ करोड ६५ लाख मात्र भएको छ । सोही कारण नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । प्रतिशेयर आम्दानी गत आवमा रू. ४७ दशमलव ६५ रहेकोमा चालू आवमा रू. ५ दशमलव ९३ मा झरेको छ । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात १५३ दशमलव ६४ गुणा, तरलता अनुपात ९ दशमलव ८६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव १२ रहेको छ ।
चुक्तापूँजी रू. २ अर्ब १९ करोड रहेको कम्पनीले चालू आवमा जगेडामा रू. १ अर्ब ७८ करोड, रिटेन्ड अर्निङमा रू. ७८ करोड ९७ लाख र शेयर प्रिमियममा रू. ५ लाख १० हजार सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब ९४ करोड सापटी र रू. १८ अर्ब ४८ करोड निक्षेप संकलन गरी रू. २६ अर्ब ८८ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया