जीवन विकास लघुवित्तको पहिलो त्रैमास रिपोर्टः नाफा घट्यो

जीवन विकास लघुवित्तको पहिलो त्रैमास रिपोर्टः नाफा घट्यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
जीवन विकास लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १६.४० प्रतिशत घटेर १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.९४ प्रतिशत बढेर ४० करोड ६२ लाख ८० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.०४ प्रतिशत बढेर ५० करोड ५१ लाख ९० हजार रुपैयाँ र सञ्चालन मुनाफा २०.९४ प्रतिशत घटेर १२ करोड ५१ लाख ६९ हजार रुपैयाँ रहेको छ । 

लघुवित्तको चुक्ता पूँजी ७० प्रतिशत बढेर १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ, जगेडा कोष १२.६७ प्रतिशत बढेर १ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ, सापटी ६.०६ प्रतिशत घटेर १० अर्ब ६ करोड ४२ लाख रुपैयाँ, निक्षेप १६.५८ प्रतिशत बढेर ९ अर्ब ७६ करोड ९ लाख रुपैयाँ र कर्जा १२.३१ प्रतिशत बढेर २४ अर्ब २६ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी घटेर ५७ रुपैयाँ १० पैसा रहेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११६.११ रुपैयाँ थियो ।