छिमेक लघुवित्तको खुद नाफा पहिलो त्रैमासमा ३२ करोड ९१ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३२ करोड ९१ लाख ८ हजार रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । 

गत आवको सोही अवधिमा भने संस्थाको नाफा २१ करोड ४१ लाख ५ हजार रुपैयाँँ रहेको थियो ।

हाल चुक्ता पुँंजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा २८ अर्ब ५१ करोड ९७ लाख १३ हजार रुपैयाँँ निक्षेप संकलन गरी ३३ अर्ब ५९ करोड ४९ लाख ८५ हजार रुपैयाँँ कर्जा प्रवाह गरेको छ । 

सो अवधिमा ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा ६ दशमलव ३९ प्रतिशत स्प्रेड दर रहेको संस्थाको वितरणयोग्य नाफा भने २५ करोड ६७ लाख रुपैयाँँ रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २७ अर्ब १ करोड ९४ लाख ६१ हजार रुपैयाँँ निक्षेप संकलन गरी ३२ अर्ब ८८ करोड ७७ लाख २८ हजार रुपैयाँँ कर्जा प्रवाह गरेको थियो । 

उक्त अवधिमा ५३ करोड ३८ लाख १७ हजार रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थामा १ दशमलव शून्य ३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर ६ दशमलव ६१ प्रतिशत रहेको थियो ।