बैंकहरुको निक्षेप २३ अर्बले घट्यो , चुनावकै मुखमा बैंकले लिए १ खर्ब ७३ अर्ब सापटी 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
दुई सातामा वाणिज्य बैंकबाट २३ अर्ब निक्षेप घटेको छ। गत असोज ३१ मा ४५ खर्ब ४७ अर्ब रूपैयाँ निक्षेप रहेको बैंकहरूमा कात्तिक ११ गतेसम्म आइपुग्दा निक्षेप घटेर ४५ खर्ब २५ अर्बमा सीमित भएको हो । 

नेपाल बैंकर्स संघका अनुसार कात्तिक ४ गते देखि ११ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब २४ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैंकहरूले ४२ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका थिए। यो अवधिमा बैंकहरूको कर्जा–निक्षेप अनुपात समेत दुई सातामा ८७.२० प्रतिशतबाट बढेर ८७.५८ प्रतिशत पुगेको छ। 

यता बैंकहरूले लिने सापटी (अन्तर बैंक) को ब्याजदर समेत ८.५१ प्रतिशत पुगेको छ।  कार्तिक ११ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७ अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब १७ अर्ब (विदेशी मुद्रा) रहेको थियो । 

तरलता दबाब बढेसँगै राष्ट्र बैंकबाट ३ दिनको अवधिमा बैंकहरूले एक खर्ब ७२ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा चलाएका छन्। यसको अवधि ५ दिनको हुन्छ। 

चालु आर्थिक वर्षको यो अवधिसम्ममा बैंकहरूले २३ खर्ब ६६ अर्ब रूपैयाँ यस्तो सुविधा चलाएका छन्।