मिथिला लघुवित्तको २ हजार बढि कित्ता संस्थापक शेयर विक्रीमा

मिथिला लघुवित्तको २ हजार बढि कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २ हजार २५४ कित्ता संस्थापक शेयर कात्तिक १ गतेदेखि लिलामी मार्फत विक्री गर्ने जानकारी दिएको हो । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक शेयरधनीहरुलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने गरी संस्थापक शेयरधनीहरुले निवेदन दिनुपर्नेछ ।

शेयरधनीले शेयरको मूल्य प्रतिकित्ता रू. ५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकि बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरीदका लागि आवेदन पेश गर्दा न्यूनतम १० कित्ता लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।