बैंकिङ्ग समाचार, काठमाडौं ।
मल्टीपर्पस फाइनान्स लिमिटेडले ३५ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४५ करोड २० लाखको आधारमा १ बराबर शून्य दशमलव ३५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयलाई आगामी वार्षिक साधारण सभाबाट पारित गराउन नेपाल राष्ट्र बैंकले असोज १४ गते स्वीकृति प्रदान गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो ।
कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति लिने प्रकृया अघि बढ्नेछ । बोर्डको स्वीकृति पश्चात् मात्र कम्पनीलाई उक्त हकप्रद शेयर निष्कासनको बाटो खुला हुनेछ ।
हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया