डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीचको प्राप्ति प्रकृया अघि बढ्यो, दुवै संस्थाबीच सम्झौता

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीचको प्राप्ति प्रकृया अघि बढ्यो, दुवै संस्थाबीच सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रकृया अघि बढाएको छ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड प्राप्ति गर्न असोज १४ गते प्राप्ती सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेको हो । प्राप्ति सम्बन्धि समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले जारी गरेको संगठिछ संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ सम्बन्धि प्रारम्भिक मस्यौदामा मर्जर तथा प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाका कारण यी दुई कम्पनीलाई आगामी चैत १४ भित्र प्राप्ति प्रकृया पुरा गर्नुपर्ने देखिन्छ । नयाँ व्यवस्था अनुसार प्रारम्भिक समझदारी गरेपछि सम्बन्धित संस्थाको साधारण सभाबाट प्राप्ति सम्बन्धि प्रस्तावमा निर्णय नभएसम्म प्रकृया रद्द गर्न पाइनेछैन ।

डिप्रोक्स लघुवित्तले प्राप्ति सम्बन्धि बिषयमा काम गर्न प्राप्ति समिति गठन  गरिसकेको र आगामी ६ महिनाभित्र प्रकृया सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । डिप्रोक्सले बासुप्रसाद उपाध्यायको संयोकत्वमा प्राप्ति समिति गठन गरेको जानकारी दिएको छ । उक्त समितिमा श्यामकृष्ण दाहाल, सुसन कर्माचार्य, प्रभा धिताल कोईराला सदस्य रहेको समेत कम्पनीको भनाई छ । 

हाल डिप्रोक्स लघुवित्तको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रहेको छ भने आदर्श लघुवित्तको रू. २ करोड ७ लाख रहेको छ ।