आज १२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आइतबार ९१ दिन अवधिका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिका लागि ३ अर्ब रुपैयाँ गरी कूल १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको ट्रेजरी बिल चैत १४ गते परिपक्व हुनेछ । आइतबार ३ बजे दुवै ट्रेजरी बिलको बोलकबोल हुने जनाएको छ ।