बैंकिङ्ग समाचार, काठमाडौं ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५औं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले हालसम्मको अवधिमा नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म ३० वटा शाखा र १६१ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।
कम्पनीले पांचौे बार्षिकोत्सवको उपलक्ष्यमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दाबढी स्कूलकलेजका १००० भन्दाबढी विद्यार्थीहरु माझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ ।
साथै कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।
प्रतिक्रिया