बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २१ ऋर्ब ६० करोडको आधारमा कर समेत सो मात्राको उक्त नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको साधारण सभाले पारित पारित गरेपछि वितरण हुनेछ ।
गत वर्ष भने कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष भने कम्पनीको लाभांशमा कमि आएको छ ।



About Us
प्रतिक्रिया