बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआइसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।
मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्यूआर भुक्तानी गर्ने बिकल्प छनौट गरि स्मार्ट क्यूआर स्क्यान गरि भुक्तानी गर्न सक्ने छन् ।
साथै एनआइसी एशिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ एनआइसी एसिया मो-बैंक (NIC ASIA MoBank) एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्नेछन् ।
यो सुबिधा सुरु भएसंगै एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग सेवामा नया आयाम थपिएको छ । साथै स्मार्ट क्युआर मार्फत भुक्तानी लिने ब्यबसायीलाई पनि एन आइ सी एशिया बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता संग भुक्तानी लिन सहज भएको छ ।



About Us
प्रतिक्रिया