सनराइज बैंकले १५औं वार्षिकोत्सवमा नेपाल बाल संगठनका बालबालिकालाई प्रदान गर्यो नयाँ लुगा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ ।

बिहिबार नक्साल स्थित नेपाल बाल संगठनमा भएको एक कार्यक्रममा बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपानेलाई उक्त सामानहरु हस्तान्तरण गरेकी थिईन् । उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायत बैंकका उच्चपदस्त अधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गदै आएकोमा बैकले यस वर्ष आउँदै गरेको दशैंलाई मध्यनजर गरी बालबालिकाको लागि नयाँ कपडा सहयोग गरेको छ ।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंककी निर्देशक शारदा शर्मा पुडासैनीले बताइन् ।

बैकले १५औ वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा बिभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव भव्यताको साथ मनाउने जनाएको छ ।