कृषि विकास बैंकको ‘लखपति करोडपति धमाका’ योजनामा बढ्यो निक्षेपको ब्याज र प्रतिफल, घट्यो अवधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकले आफ्ना ग्राहकलाई दोहोरो फाइदा दिएको छ । कृषि विकास बैंकले आफ्ना ग्राहकहरुको लागि निक्षेपको व्याजदरमा भारी बृद्धि गरेको छ । बैंकले बिभिन्न सेवामा छुट दिएर आफ्ना ग्राहकको निक्षेपको ब्याज बढाएको छ भने अर्कोतर्फ लखपति करोडपति खातामा जम्मा गर्नु पर्ने रकम र अवधि पनि घटाएको छ । 

बैंकले जारी गरेको सूचनाअनुसार असोज १ गतेदेखि लागु हुने गरी निक्षेपका विभिन्न शीर्षकहरुको व्याजदरमा बृद्धि गरेको हो ।

अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा रकम जम्मा गरी  खाता खोल्न सकिने प्रोडक्ट जारी गरेको छ । 

बैंकले आफ्नो नयाँ सेवा ‘लखपति करोडपति धमाका’ ल्याएको छ । यसमा हजार राखे लाख र लाख राखे करोड पाउनुका साथै न्युनतम रकम र निश्चित अवधिमा राखिएको रकमको दुई गुणा, तीन गुणा र पाँच गुणा हुने गरी प्रतिफल प्राप्त गर्न जम्मा गर्नु पर्ने निक्षेप रकम र अवधि घटाएको छ । यसले गर्दा यस सेवा उपभोग गर्ने ग्राहकले अझै बढी सेवाको महसुस गर्ने भएका छन् । 

साथै वडादशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबैं नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्धति, सेवानिवृत्त कर्मचारी मुद्धति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिम्याट सेवामा विशेष छुट प्रदान गरेको छ ।

सेवा प्राप्त गर्नको लागि नजिकैको शाखा वा अनलाइनबाट पनि खाता खोल्न सकिने बैंकले जानकारी गराएको छ ।

निक्षेप शिर्षक न्युनतम रकम अवधि/दिन ब्याजदर

लखपति कराेडपति धमाका- व्यक्ति-

पाँच वर्षे

५६,३५२ रूपैयाँ   १८२५ दिन  ५ वर्षे १२.१३३

लखपति कराेडपति धमाका- रेमिट-

पाँच वर्षे

५१,३०२ रूपैयाँ १८२५ दिन ५ वर्षे  १४.१३

लखपति कराेडपति धमाका – व्यक्ति-

दुई गुणा 

२०,००० रूपैयाँ

२२०६ दिन

(६ वर्ष १६ दिन)

१२.१३३

लखपति कराेडपति धमाका – व्यक्ति-

तीन गुणा                    

२०,००० रूपैयाँ

३४९६ दिन

(९ वर्ष ६ महिना ३० दिन)

१२.१३३

लखपति कराेडपति धमाका – व्यक्ति-

पाँच गुणा                                   

२०,००० रूपैयाँ

५१२१ दिन

(१४ वर्ष ११ दिन)

१२.१३३

लखपति कराेडपति धमाका – रेमिट-

दुई गुणा                        

२०,००० रूपैयाँ

१८९६ दिन

(५ वर्ष २ महिना १२ दिन)

१४.१३

लखपति कराेडपति धमाका – रेमिट-

तीन गुणा                                                      

२०,००० रूपैयाँ

३००४ दिन

(८ वर्ष २ महिना २५ दिन)

१४.१३

लखपति कराेडपति धमाका – रेमिट-

पाँच गुणा                                                                  

२०,००० रूपैयाँ

४४०१ दिन

(१२ वर्ष २१ दिन)

१४.१३

 भुक्तानी अवधिपछि ग्राहकलाई भुक्तानी गर्दा करकट्टी गरी खुद्रा रकम नै लखपति,कराेडपति,दुई गुणा,तीन गुणा र पाँच गुणा हुने गरी भुक्तानी गरिनेछ । 

उक्त खाता खाेल्दा भिषा कार्ड, इन्टरनेट बैंकिंग, माेबाइल, डिम्याट, सिआरएन र लकर सेवामा विशेष छुट दिइएकाे छ ।