बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको उर्जा डेभलपर्सकाे असाेज २ गते एक समारोहबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे ।
सो समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका छन् ।
लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पुर्याइरहेको उर्जा डेभलपर्ससँग सहकार्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए ।
यस्तै, उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले लक्ष्मी क्यापिटलसँगको सम्झौताले उर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनी अन्तर्गत रहेका अन्य परियोजनाहरूको लागि कोसेढुङ्गा सावित हुने विश्वास रहेको बताए ।



About Us
प्रतिक्रिया